Main News

सरकारले सच्यायो कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या, ६१८ मृतकको संख्या थप

हिमालय टिभी
२०७७ फागुन १२ गते १९:०८
सरकारले सच्यायो कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या, ६१८ मृतकको संख्या थप

१२ फागुन २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि छुटेका कोरोना संक्रमितको मृत्युको विवरण आज तथ्याङ्कमा समावेश गरेको छ।

मन्त्रालयले थप ६ सय १८ जना मृतकको संख्या विवरणमा समेटेको हो । नेपाली सेनाले शव व्यवस्थापनको क्रममा संकलन गरेको तथ्याङकलाई अहिले समावेश गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको तथ्याङ्क फरक फरक आएपछि कोभिड नाइन्टिन क्राइसेस मेनेजमेन्ट सेन्टर, सीसीएमसीको बैठकले छानबिन समिति बनाएको थियो । समितिको प्रतिवेदनका आधारमा मृतकको विवरण थपिएको हो ।

घरमै मृत्यु भएर नेपाली सेनाले शव व्यवस्थापन गर्दा मृतकको विवरण तथ्याङ्कमा छुटेको मन्त्रालयको दाबी छ ।

सरकारले मिलान गरेपछिको नयाँ तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म २६ सय ८४ जनाको मृत्यु भएको छ । पछिल्लो पटक थप एकजनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *