Main News

संसद पुनःस्थापनाको खुसियालीमा देशभर विजय जुलुस

हिमालय टिभी
२०७७ फागुन १२ गते १७:२७
संसद पुनःस्थापनाको खुसियालीमा देशभर विजय जुलुस

१२ फागुन २०७७ काठमाडौं। संसद पुनःस्थापनाको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले देशभर विजय जुलुस निकालेको छ।

सर्वोच्च अदालतको फैसलाले आफ्नो जित भएको भन्दै हिजो दीपावली गरेको प्रचण्ड–नेपाल समूहले देशभर विजय जुलुस निकालेको हो ।

काठमाडौंमा पनि जुलुस निकालेर प्रचण्ड–नेपाल समूहले शान्तिवाटिकामा कोण सभा गरेको छ। जुलुसका सहभागीले ‘सर्वोच्च अदालत हाई–हाई, यो जित कस्को जनताको, जनताको एकता जिन्दावाद, नागरिक समाज धन्यवाद, जस्ता नारा लगाएका थिए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रचण्ड–नेपाल समूह लगायतका राजनीतिक पार्टी पुनर्स्थापनाको माग गर्दै आन्दोलनमा थिए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले‍ हिजो संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय बदर गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *