Main News

एसईई परीक्षा आगामी जेठ दोस्रो साता गर्ने तयारी

हिमालय टिभी
२०७७ फागुन १२ गते १५:२३
एसईई परीक्षा आगामी जेठ दोस्रो साता गर्ने तयारी

१२ फागुन २०७७ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी तयारी थालेको छ ।

शिक्षा नियमालीको नवौं संशोधन सदर गर्दै मन्त्रिपरिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक गतेदेखि नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णय गरिसकेको छ ।

सोही अनुसार एसईई जेठको दोस्रो साताभित्र सक्ने गरी तयारी अघि बढाएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभयो ।

सरकारले फागुन ३ गते राजपत्रमा सूचना जारी गरी शिक्षा ऐन जारी नभएसम्म एसईई सञ्चालनको अधिकार बोर्डलाई नै दिएको छ ।

परीक्षा संचालनको अधिकार प्राप्त गरेपछि बोर्डले यस वर्ष पनि केन्द्रगत रूपमा प्रश्न पत्र छपाइ गर्ने भएको छ । यसका लागि प्रक्रियामा गइसकेको परीक्षा नियन्त्रक खकुरेलले बताउनुभयो ।

बोर्डमा आएको प्रारम्भिक रिपोर्टअनुसार यो वर्षको एसईईमा नियमित, ग्रेडवृद्धिसहित करिब ५ लाख विद्यार्थी संलग्न हुने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *