प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, सल्लाहकारहरुका यस्ता प्रतिक्रिया
१२ फागुन २०७७ काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको सामना गर्ने तर तत्काल राजीनामा नदिनुहुने भएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले तत्काल राजीनामा नदिने र संसदको सामना गर्ने बताउनु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने र तत्काल राजीनामा नदिने उल्लेख गर्नु भएको छ ।
सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भएपनि मान्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने थापाको भनाइ छ ।
सम्मानित अदालतको फैसला मान्नुपर्छ । तर यसले मुलुकको जटिल राजनीतिलाई निकास भने दिँदैन ।
— Rajan Bhattarai (@Rajanktm) February 23, 2021
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि ट्वीट गर्दै सर्वोच्चको फैसला सबैले मान्नुपर्ने बताउनु भएको छ। उहाँले लेख्नु भएको छ, ‘यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन।’
प्रतिनिधि सभा बिघटन सम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नु पर्छ । यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन ।
— Bishnu Rimal (@BishnuRimal) February 23, 2021
ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले पनि ट्वीट गर्दै फैसलाले ूमुलुकको जटिल राजनीतिलाई निकास नदिने बताउनु भएको छ। उहाँले लेख्नु भएको छ–सम्मानित अदालतको फैसला मान्नुपर्छ । तर यसले मुलुकको जटिल राजनीतिलाई निकास भने दिँदैन ।
प्रतिक्रिया