Main News
ओलीसँग कुनै सहकार्य हुँदैनः कांग्रेस नेता डा रिजाल
२०७७ फागुन ११ गते १९:४१

११ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर मीनेन्द्र रिजालले नयाँ सरकार बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहकार्य नहुने बताउनुभएको छ ।
सर्वोच्चको फैसलापछि हिमालय टेलिभिजनलाई संक्षिप्त प्रतिक्रिया दिँदै रिजालले प्रचण्ड–नेपाल समूहसँग सहकार्यका लागि छलफल भैरहेको बताउनुभयो ।
ओलीले संविधान भत्काउन खोजेकाले मिल्न नसकिने उहाँले बताउनुभयो ।
संसद पुनर्स्थापना गरेर अदालतले संविधान बचाएको रिजालको प्रतिक्रिया छ । छिटो राजिनामा दिन उहाँले प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।
प्रतिक्रिया