Main News

राप्रपा अध्यक्ष थापाले भने–अदालतको फैसला स्वीकार गरेर अघि बढौं

हिमालय टिभी
२०७७ फागुन ११ गते १९:३७
राप्रपा अध्यक्ष थापाले भने–अदालतको फैसला स्वीकार गरेर अघि बढौं

११ फागुन २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अदालतको फैसला सबैले स्वीकार गरेर अघि बढ्नुपर्ने प्रतिक्रिया दिनुभएको छ ।

ट्वीट गर्दै अध्यक्ष थापाले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलाबारे तर्कवितर्क गर्न सकिने भए पनि सबैले मान्नुपर्ने बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ– संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकोले फैसला सबैले स्विकार गर्नुपर्छ। यद्यपि मुलुकमा विद्यमान भ्रष्टाचार, कुशासन र सर्वसत्तावाद अन्त्य गर्न ताजा जनादेश उपयुक्त हो भन्ने आफुलाई लागेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *