Main News

अदालतले संसद विघटन बदर गरेपछि प्रधानमन्त्री ओली छलफलमा

हिमालय टिभी
२०७७ फागुन ११ गते १९:२२
अदालतले संसद विघटन बदर गरेपछि प्रधानमन्त्री ओली छलफलमा

११ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आन्तरिक छलफलमा जुट्नु भएको छ ।

७० औ जन्मदिन मनाइरहेका प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुख र मन्त्रीहरुलाई बालुवाटारमा बोलाउनुभएको छ ।

जन्मदिनका कार्यक्रममा दिनभर व्यस्त रहनुभएका प्रधानमन्त्री ओलीलाई फैसलाले झटका लागेको छ । फैसला आउँदा उहाँ जन्मदिनको कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो ।

फैसलाबारे प्रधानमन्त्रीका निकटवर्ती र नेकपा ओली समूहका नेताले प्रतिक्रिया दिएका छैनन् । प्रधानमन्त्रीले आफु निकटसँग छलफल गरेपछि औपचारिक प्रतिक्रिया दिने बताइएको छ ।

प्रधानमन्त्रीले फैसलाको पूर्व छनक पाएपछि आज बिहान सुरक्षा परिषदको बैठक बोलाउनुभएको थियो । यस्तै आजै मन्त्रिपरिषद बैठक पनि बसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *