Main News

अदालतले भष्मासुरलाई वध गरेर लोकतन्त्र रक्षा गर्‍योः पूर्वप्रम डा. भट्टराई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ११ गते १८:५८
अदालतले भष्मासुरलाई वध गरेर लोकतन्त्र रक्षा गर्‍योः पूर्वप्रम डा. भट्टराई (भिडियो रिपोर्टसहित)

११ फागुन २०७७ काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्च अदालतले भस्मासुरको वध गरेको प्रतिक्रिया दिनुभएको छ ।

उपचारका क्रममा नयाँदिल्लीमा रहनुभएका भट्टराईले ट्वीट गर्दै सर्वोच्चको फैसला सुन्दा आफ्नो रोग पनि हराए झैं भएको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, हिन्दू मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो ज्ञ’

पुर्व प्रधानमन्त्री भट्टराइ उपचारका लागि अस्ती आइतवार भारतको दिल्ली जानु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *