Main News

ट्रेकिङ जाँदै हुनुहुन्छ ? यी कुरा नबिर्सिनुहोस्

हिमालय टिभी
२०७७ फागुन ११ गते १४:०७
ट्रेकिङ जाँदै हुनुहुन्छ ? यी कुरा नबिर्सिनुहोस्

पछिल्लो समय नेपाली पर्यटनतर्फ आकर्षित हुन थालेका छौं । देशका पर्यटकीय स्थलहरु आजकाल विदेशीभन्दा स्वदेशी पर्यटकहरुकै बाहुल्यता देखिन थालेको छ ।
नेपालमा विषेशगरी हिमाली भेगको ट्रेकिङ (पदयात्रा) मन पराइएको छ । सगरमाथा बेसक्याम्प, अन्नपूर्ण सर्किट, मनास्लु सर्किट, लाङ्टङ हिमाल पदयात्रामा पर्यटकको आकर्षण छ ।

यहाँ हामीले पदयात्रामा जाँदा आवस्यक पर्ने सामाग्रीको सुची तयार पारेका छौं ।
सुत्नका लागि
टेन्ट
स्लिपिङ ब्याग
स्लिपिङ प्याड

नेपालका प्राय पदयात्राका रुटमा खाने, बस्ने र सुत्ने स्थानको कमी छैन । तर पनि क्याम्पिङ गर्न चाहनेका लागि माथी उल्लेखित सामानहरु अनिवार्य हुन्छ ।

हाइकिङ सामग्री
ब्याग (पछाडी बोक्ने)
जुत्ता, चप्पल
उनीको मोजा
ट्रेकिङ प्यान्ट
ट्रेकिङ हाफ प्यान्ट
टिसर्ट
ज्याकेट (हिमालमा जाँदै हुनुहुन्छ भने पानी नपस्ने बाक्लो ज्याकेट बोक्नुहोस्)
कट्टु एक जोर
सुइटर
रेनकोट (वर्षादी)
क्याप
पञ्जा

अन्य
लेक नलाग्ने औषधि
पानीको बोतल
लौरो
सनग्लास (चस्मा)
टर्च लाइट (अतिरिक्त व्याट्रीसहित)
क्यामरा (अतिरिक्त व्याट्रीसहित)
हल्का खाने कुरा (चकलेट, चाउचाउ, दालमोठ आदी)

व्यक्तिगत सामग्री
सन स्कृन क्रिम
मञ्जन, ब्रस, परफ्यूम, साबुन, टिस्यु पेपर
प्राथमिक उपचारका साधनहरु
तस्वीरः अनन्त वाग्ले/हिमालय टेलिभिजन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *