Main News

आज देशका विभिन्न भागमा मौसम परिवर्तन हुने

हिमालय टिभी
२०७७ फागुन ११ गते ८:४७
आज देशका विभिन्न भागमा मौसम परिवर्तन हुने

११ फागुन २०७७ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागमा मौसम परिवर्तन हुने बताएको छ ।

महाशाखाकाअनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएकाले मौसममा आंशिक बदली हुने भएको छ । आज देशका केही पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने अन्य भू–भागको मौसम सामान्यतया सफा रहनेम हाशाखाले जनाएको छ ।

आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ ।

बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *