Main News

संसद विघटनविरुद्धको मुद्दामा आज सर्वोच्चमा पेशी

हिमालय टिभी
२०७७ फागुन ११ गते ७:२४
संसद विघटनविरुद्धको मुद्दामा आज सर्वोच्चमा पेशी

११ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको बहस सकिएसँगै आजका लागि पेशी तोकिएको छ ।

माघ ४ यता निरन्तर सुनुवाइ हुँदै आएकामा गत शुक्रबार बहस सकिएपछि सर्वोच्च अदालत अब फैसलाको तयारीमा जुटेको छ ।

अब छिट्टै सर्वोच्च निर्णय सुनाउने प्रक्रियामा जानेछ । आज मुद्दालाई हेर्दाहेर्दैमा राखिने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बताउनु भएको छ ।

सर्वोच्चले फैसला छिट्टै गर्नका लागि हिजोसम्म आफ्नो बहस नोट बुझाउन बहसकर्तालाई समय तोकेको थियो । उक्त मितिमा सबै कानून व्यवसायीले आफ्नो बहस नोट बुझाइसकेका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा गम्भीर संवैधानिक प्रश्न उठेपछि अदालतले एकिमस क्युरी मेत राखेर परामर्श लिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिटको सुनुवाइमा पक्ष र विपक्षीको मत सुनेपछि एमिकस क्युरीको राय लिइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *