Main News

कांग्रेसले प्रदेश सरकारविरुद्ध मतदान गर्छः नेता सिटौला (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १० गते ६:२५
कांग्रेसले प्रदेश सरकारविरुद्ध मतदान गर्छः नेता सिटौला (भिडियो रिपोर्टसहित)

१० फागुन २०७७ मोरङ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीले प्रदेश सरकारविरुद्ध ल्याइएको अविश्वासको पक्षमा मतदान गर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा सम्मेलनमा उहाँले यस सम्बन्धमा नेका प्रदेश संसदीय दलले निर्णय गरी अविश्वासको पक्षमा मतदान गर्ने प्रस्ट पार्नुभयो ।

नेता सिटौलाले संसद् विघटन गलत रहेको पार्टीको निर्णय स्पष्ट छ भन्दै यसका विरुद्ध देशव्यापीरूपमा आन्दोलन र विरोधका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

उहाँले संविधानबाट निर्माण भएको सर्वोच्च अदालतले यसको रक्षा गर्ने विश्वास व्यक्त गर्दै यससम्बन्धी विकल्प नदिने आशा व्यक्त गर्नुभयो ।

उहाँले संसद् विघटनले वैधानिकता पाएमा क्रमिकरूपमा व्यवस्था समाप्त हुँदै जाने आशङ्का व्यक्त गर्नुभयो । पूर्वमन्त्री सिटौलाले सर्वोच्चको फैसलापछि सङ्घीय सरकार गठनका सम्बन्धमा निर्णय हुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *