Main News

सरकारले किन्यो खोप : भारतबाट आएको खोप कसकसले लगाउन पाउँछन् ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ९ गते २०:३५
सरकारले किन्यो खोप : भारतबाट आएको खोप कसकसले लगाउन पाउँछन् ? (भिडियो रिपोर्टसहित)

९ फागुन २०७७ काठमाडौं । सरकारले पहिलो पटक कोरोनाविरुद्धको खोप किनेको छ । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरीद गरेको २० लाख डोज खोपमध्ये १० लाख डोज कोभिशिल्ड खोप आज काठमाडौं आइपुगेको छ ।

सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियासँग फागुन ५ गते २० लाख डोज खोप किन्ने सम्झौता गरेको थियो । त्यसै अनुसार १० लाख डोज खोप आएको हो ।

भारतबाट ल्याइएको खोप विमानस्थलबाट टेकुस्थित भण्डारण केन्द्रमा लगेर राखिएको छ । केही दिनभित्रै सबै जिल्लामा लैजाने गरी योजना समेत बनिसकेको छ । यसअघि अनुदानको खोप जिल्ला सदरमुकामबाटै लगाइएको थियो । यो खोप भने अब गाउँगाउँमा पुर्‍याइनेछ ।

सरकारले भारत सरकारसँग ९४ करोड रुपैयाँमा २० लाख डोज खोप किनेको हो । यो खोप थप ९ लाख जनालाई पुग्नेछ । सरकारले गाभि र विश्व स्वास्थ्य संगठनमार्फत कोभ्याक्स अन्तर्गत पाउने खोप पनि छिट्टै ल्याउँदैछ । सरकारले ६८ प्रतिशत नागरिकलाई नै पुग्ने गरी खोप ल्याउने तयारी गरेको छ । भारतबाट अहिले किनेको खोप जेष्ठ नागरिकलाई दिने सरकारको तयारी छ ।

भारत सरकारले यसअघि अनुदान स्वरुम दिएको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई लगाउने भनेको थियो । अनुदानमा दिएको १० लाख डोज खोप साढे ४ लाख जनालाई लगाउने भने पनि सबैले खोप लगाएनन् ।

खोप पाउनेको प्राथमिकता परिवर्तन गर्दै अहिले अनुदानको खोप सरकारी कर्मचारीलाई दिन थालिएको छ । तर अहिलेसम्म जम्मा साढे २ लाख जनाले मात्र खोप लगाएका छन् । कोरोना विरूद्धको खोप प्रभावकारी भएकाले खोप लगाउन सबैलाई सरकारले आग्रह गरेको छ ।

सरकारले किनेको यो खोप फागुन २३ गतेदेखि लगाउन थालिने छ। खोप ६ महिना भित्र प्रयोग गरिसक्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *