Main News

राजीनामा दिएर आन्दोलनमा आउन प्रधानमन्त्रीलाई नेता पौडेलको चुनौति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ९ गते १९:२८
राजीनामा दिएर आन्दोलनमा आउन प्रधानमन्त्रीलाई नेता पौडेलको चुनौति (भिडियो रिपोर्टसहित)

९ फागुन २०७७ काठमाडौं । चुनावमा जाने बाटो नखोले आन्दोलन गर्छु भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्काएको भन्दै नेपाली कांग्रेसका नेताहरुले आपत्ति जनाएका छन ।

उनीहरुले प्रधानमन्त्रीको अभिव्यक्ति व्यवस्थामाथिको धम्की भएको टिप्पणी गरेका छन् । सप्तरीको राजविराजमा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राजीनामा दिएर आन्दोलनमा उत्रिन प्रधानमन्त्रीलाई चुनौती दिनुभयो ।

पौडेलले लोकतन्त्रमा संसद पुनर्स्थापना हुने बित्तिकै ओली समाप्त हुने र ओलीलाई समाप्त गर्नुपर्ने बताउनुभयो ।

यस्तै विराटनगरमा पत्रकारसँग बोल्दै अर्का नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीको अभिव्यक्तिको कडा विरोध गर्नुभयो । सिटौलाले प्रधानमन्त्री ओलीले व्यवस्थालाई धम्की दिएको बताउनुभयो ।

नेता सिटौलाले पनि संसद पुनर्स्थापना हुने दावी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *