Main News

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति बार एशोसिएशनका महासचिव पौडेलको आपत्ति

हिमालय टिभी
२०७७ फागुन ९ गते १९:१६
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति बार एशोसिएशनका महासचिव पौडेलको आपत्ति

९ फागुन २०७७ काठमाडौं । नेपाल बार एशोसियसनका महासचिव लिलामणि पौडेलले संसद विघटन गर्ने आफ्नो कदम अदालतबाट सदर नभए आन्दोलन गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा बार महासचिव पौडेलले अदालतको फैसला मान्छु भन्नुपर्ने प्रधानमन्त्रीले गलत बोलेको प्रतिक्रिया दिनुभयो । पौडेलले संसद पुनर्स्थापना हुनुपर्नेमा जोड दिनुभयो ।

तर बारकै कोषाध्यक्ष रुद्रप्रसाद खरेलले संसद पुनर्स्थापना हुने ठाउँनै नरहेको दावी गर्नुभयो । खरेलले प्रधानमन्त्री मुद्दाको एक पक्ष भएकाले बोल्न पाउने पनि तर्क गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सेटिङ फेटिङमा चुनावमा जानबाट रोके आन्दोलन गर्ने बताउनुभएको थियो । र, त्यसको चर्को आलोचना भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *