राजनीति

नेकपा प्रचण्ड–नेपाल समूहमा संगठनात्मक संरचना आधाआधा भागबण्डाको सहमति

हिमालय टिभी
२०७७ फागुन ९ गते १८:०९
नेकपा प्रचण्ड–नेपाल समूहमा संगठनात्मक संरचना आधाआधा भागबण्डाको सहमति

९ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड –नेपाल समूहमा संगठनात्मक संरचनामा आधाआधा भागबण्डा गर्ने सहमति भएको छ ।

ओली समूहसँग अलग्गिएपछि रिक्त पदमा ५० प्रतिशत हुने गरी संगठनात्मक संरचनालाई पूर्णता दिने मापदण्ड बनाइएको हो।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच ६०–४० को भागबण्डामा एकता भएको थियो भने अहिले विभाजन भएपछि प्रचण्ड र नेपालबीच आधाआधाको सहमति भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सहमतिमा ९ बुँदे पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका मापदण्ड तथा आधार तय गर्नुभएको हो ।

मापदण्डमा दुवै अध्यक्षले हस्ताक्षर गरेका छन्। यो मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुवै पक्षको ५०–५० प्रतिशत हिस्सा हुने भएको छ ।

मापदण्डअनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम्‌ पार्टी कमिटी तथा जनसंगठनका पदाधिकारीमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिनेछ ।

त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने मापदण्डमा उल्लेख छ । यस्तै पार्टी कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यमा कमिटीको कुल सदस्य संख्यामा पनि ५०–५० प्रतिशत हुनेगरी बिशेष व्यवस्था गर्न सहमति भएको छ ।

प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं‌ पार्टी कमिटी तथा जनसंगठनका पदाधिकारीमा साविकको जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षबाट गर्ने,पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने उल्लेख छ । मापदण्ड अनुसार वरियतामा माथि रहेकालाई प्राथमिकता दिइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्