जनता भोट हाल्न आतुर छन्, चुनावमा जानुपर्छः डा. महत (भिडियो रिपोर्टसहित)
९ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जनता भोट हाल्न आतुर भन्दै चुनावमा जानुपर्नेमा जोड दिनुभएको छ ।
संक्षिप्त कुरा गर्दै महतले सरकार असफल भैसकेकाले जनता नयाँ जनादेश दिन आतुर रहेको दावी गर्नुभयो । लोकतन्त्रमा विश्वास राख्नेले चुनावमा जान्नौं भन्नै नमिल्ने पनि उहाँले बताउनुभयो ।
पार्टीभित्रै केही नेताहरुले संसद पुनर्स्थापनाको माग गरिरहेका बेला सभापति देउवा निकट महतले कांग्रेसले नयाँ जनादेशबाट सत्तामा जाने बाटो खोज्नुपर्ने बताउनुभयो ।
तर अदालतले जे फैसला गर्छ त्यो कांग्रेसलाई स्वीकार्य भएको बताउनुभयो ।
कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष चुनाव र वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेता संसद पूनस्थापनाको पक्षमा हुनुहुन्छ ।
प्रतिक्रिया