Main News

भारतमा खरिद गरिएको दश लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइयो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ९ गते १४:३३
भारतमा खरिद गरिएको दश लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइयो (भिडियो रिपोर्टसहित)

थप ९ फागुन २०७७ काठमाडौं । नेपालले भारतसँग किनेको कोरोनाविरुद्धको १० लाख डोज खोप आज काठमाडौं आइपुगेको छ ।

भारतको सेरम इन्स्टिच्युटसँग सरकारले किनेको २० लाखमध्ये १० लाख डोज कोभिसिल्ड खोप आज एयर इन्डियाको बिमानबाट काठमाडौं आइपुगेको हो ।

भण्डारण लगायतमा समस्या नहोस् भनेर पहिलो चरणमा १० लाख डोज खोप ल्याएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार सेरम इन्स्टिच्युटले शुरुमा नै खोपको सबै भुक्तानी मागेको थियो । तर खरिद ऐनले त्यसो गर्न नमिल्ने भएपछि एक पटक लागि भन्दै ऐन नै संशोधन गरेर सबै रकम भुक्तानी गरेर खोप ल्याइएको हो ।

भारतले यसअघि अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप दिएको थियो । सोचे जतिले त्यो खोप नलगाए पछि अहिले पनि त्यो खोप बाँकी नै छ । भारतसँग किनेको यो खोप अब ६० वर्ष भन्दा माथिको उमेर समूहलाई दिने सरकारको तयारी छ ।

सरकारले चीनबाट पनि खोप ल्याउने तयारी गरिरहेको छ । चीनले नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिने छ ।

चिनियाँ खोप नेपालमा आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *