Main News

द्रुतमार्गको सुरुङमार्ग र मोटरेबल पुल निर्माणका लागि प्रक्रिया शुरु

हिमालय टिभी
२०७७ फागुन ९ गते १३:१९
द्रुतमार्गको सुरुङमार्ग र मोटरेबल पुल निर्माणका लागि प्रक्रिया शुरु

९ फागुन २०७७ काठमाडौं । काठमाडौँ–तराई द्रुतमार्गको सुरुङमार्ग र मोटरेबल पुल निर्माणका लागि प्रक्रिया शुरु भएको छ ।

द्रुत मार्गको ‘माइलस्टोन’का रूपमा लिइएको सुरुङ मार्ग तथा मोटरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले जनाएको छ ।

सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले द्रुत मार्ग आयोजनाको प्रमुख संरचनाका रूपमा रहेका सुरुङ मार्गहरूको निर्माण अबको तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो ।

उहाँका अनुसार द्रुत मार्गमा पर्ने कुल ६ दशमलव ०७ किलोमिटरको तीन खण्डका सुरुङ मार्ग तथा मोटरेबल पुल निर्माणका लागि दुई प्याकेजमा ठेक्का आह्वान गरिएको छ ।

पहिलो प्याकेजअन्तर्गत यस आयोजनाको सबभन्दा लामो सुरुङ मार्ग निर्माण गरिने महादेवडाँडा खण्डको काम हुनेछ । यस खण्डमा निर्माण गरिने सुरुङ मार्ग र मोटरेबल पुलको कुल लम्बाइ ३ दशमलव ३ किलोमिटर रहेको छ ।

त्यसैगरी दोस्रो प्याकेजअन्तर्गत धेद्रेको सिम्पानीदेखि चालिसे खोल्सीसम्म १ दशमलव ३७० किलोमिटर सुरुङ निर्माणका लागि ठेक्का आह्वान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *