Main News

अब गोदावरीमा जीपलाइन सरर

हिमालय टिभी
२०७७ फागुन ८ गते १९:१६
अब गोदावरीमा जीपलाइन सरर

८ फागुन २०७७ ललितपुर । ललितपुरको गोदावारीस्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ ।

साहसिक पर्यापर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावारीस्थित विशंखुनारायण सामुदायिक वन भित्र जिपलाइन सञ्चालनमा ल्याउनुभएको हो ।

ललितपुरको सातदोबाटोबाट करिब ७ किलोमिटरको दुरीमा रहेको विशंखुनारायण वन भित्र जिपलाइन सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको संख्या बढेको छ । एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी कुल ८ सय मिटर रहेको जिपलाइन खेल्न काठमाडौं, ललितपुर र भक्तपुरबाट पर्यटक जाने गरेका छन् ।

उपत्यकाबाट नजिकै साहसिक खेल खेल्न पाएको भन्दै यहाँ पुग्नेहरु खुसी देखिएका छन् ।

सरकारले प्रकाशित गरेको सामुदायिक वनमा पर्यापर्यटन कार्यविधि २०७५ को आधारमा नियम कानून अन्तर्गत रहेर सामुदायिक वनले आसयपत्र आव्हान गरेपछि बोलकबोल मार्फत ठाउँ पाएकोे सञ्चालक श्रेष्ठले बताउनुभयो ।

सामुदायिक वनलाई संरक्षण गर्ने, प्रकृतिलाई जोगाउने र वातावरणलाई नविगारिकन साहसिक पर्यटनको विकास गर्ने किसिमले नै जिपलाइन सञ्चालनमा ल्याएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *