Main News

प्रधानमन्त्री ओलीले पञ्च भेला गर्दै हिँडेको पूर्वप्रधानमन्त्री खनालको टिप्पणी

हिमालय टिभी
२०७७ फागुन ८ गते १८:५४
प्रधानमन्त्री ओलीले पञ्च भेला गर्दै हिँडेको पूर्वप्रधानमन्त्री खनालको टिप्पणी

८ फागुन २०७७ काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिँडेको टिप्पणी गर्नुभएको छ ।

भारतमा उपचार गराएर शनिबार स्वदेश फर्किनु भएका खनालले पत्रकारहरुसँग विमानस्थलमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेर मुलुकमा प्रतिक्रान्तिको थालनी गरेको र देशभर पञ्चभेला गर्दै हिँडेको बताउनुभएको हो । उहाँले आफू भारतमा रहँदा कुनैपनि राजनीतिक भेटघाट नगरेको स्पष्ट पार्नुभएको छ ।

नेपाली जनता लोकतन्त्र र संविधान रक्षाका लागि उठिसकेको बताउँदै आफूहरुको आन्दोलन सफलतामा नपुगी विश्राम नहुने पनि बताउनुभयो ।

भारतमा आफूले एपोलो अस्पतालमा भर्ना भई उपचार गराएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको समेत खनालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *