Main News

ओली समूहको शक्ति प्रदर्शन, सर्वोच्चले संसद विघटन सदर गर्ने पूर्वसभामुख नेम्बाङको दाबी (Live)

हिमालय टिभी
२०७७ फागुन ८ गते १५:०८
ओली समूहको शक्ति प्रदर्शन, सर्वोच्चले संसद विघटन सदर गर्ने पूर्वसभामुख नेम्बाङको दाबी (Live)

८ फागुन २०७७ काठमाडौं । नेकपाको ओली समूहले प्रदेश एकको राजधानी विराटनगरमा अहिले सभा गरिरहेको छ ।

चुनावी माहोल बनाउने तथा सरकारी कदमका पक्षमा जनमत देखाउन सभा आयोजना गरिएको ओली समूहले जनाएको छ ।

विराटनगर महानगरपालिका वडा नम्वर २ को विराट नर्सिङ होमको मैदानमा जारी सभामा पूर्व सभामुख सुभासचन्द्र नेम्वाङले संसद विघटन गर्ने सरकारको कदम सर्वोच्च अदालतले सदर गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले त्यसपछि सबै दल चुनावमा केन्द्रित हुने दाबी पनि गर्नुभयो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चुनावको विकल्प नभएको बताउनुभयो । उहाँले प्रदेशमा अस्थिरता सिर्जना गर्न खोजिएको भन्दै आफुले त्यसो हुन नदिने दाबी पनि गर्नुभयो ।

नेता बालकृष्ण ढुंगेलले प्रचण्डको आलोचना गर्दै जनताले आन्दोलनलाई साथ नदिने बताउनुभयो ।

आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायतले पनि सम्बोधन गर्दै हुनुहुन्छ । आमसभा अघि विराटनगरका विभिन्न स्थानबाट र्‍याली निकालिएको थियो।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएछि नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित छ । दुबै समूहले समानान्तर रूपमा ठुला सभा र शक्ति प्रदर्शन गरिरहेका छन् ।

प्रचण्ड–नेपाल समूह संसद विघटनको विरोधमा सडक आन्दोलनमा छ भने ओली समूह चुनावमा जानुको विकल्प नभएको भन्दै शक्ति प्रदर्शनमा लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *