Main News
विराटनगरमा प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने युवाहरु पक्राउ
२०७७ फागुन ८ गते १४:५८

८ फागुन २०७७ विराटनगर । जनसभाका लागि विराटनगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने नेकपाको प्रचण्ड–नेपाल समूहका विद्यार्थी तथा युवालाई प्रहरीले पक्राउ गरेको छ ।
्
विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्ट मोडमा प्रधानमन्त्रीलाई विद्यार्थी र युवाहरुले कालो झण्डा देखाएका थिए ।
प्रधानमन्त्री ओली र सरकारविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।
संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूह आन्दोलनमा छन् । यो समूहका युवा तथा विद्यार्थीले प्रधानमन्त्री तथा मन्त्री सहभागी हुने कार्यक्रममा कालोझण्डा देखाउँदै आएका छन् ।
प्रतिक्रिया