Main News

अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीले लोकतन्त्र समाप्त पार्न लागेको पूर्वराष्ट्रपति यादवको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ७ गते १८:४०
अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीले लोकतन्त्र समाप्त पार्न लागेको पूर्वराष्ट्रपति यादवको आरोप (भिडियो रिपोर्टसहित)

७ फागुन २०७७ काठमाडौं । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले अहिलेका राष्ट्रपति र प्रधानमन्त्री लोकतन्त्र समाप्त पार्न लागिरहेको गम्भीर आरोप लगाउनुभएको छ ।

जनकपुरमा आज भएको कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले संविधान उल्लंघन गर्ने प्रधानमन्त्रीको कदमको साक्षी बसेर राष्ट्रपतिले गलत काम गरेको बताउनुभयो ।

नेपाली कांग्रेसका नेता डा. शोभाकर पराजुलीद्वारा लिखित पुस्तकको विमोचन कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले लोकतन्त्रमाथि क्रमिक रुपमा प्रहार भइरहेका बेला निर्वाचनमा जानु दलहरुका लागि दुर्भाग्यपूर्ण हुने टिप्पणी पनि गर्नुभयो ।

संविधान जारी गर्ने बेला आफूले रक्षार्थ हिमाल, पहाड र तराईलाई मिलाउन खोजेको तर अहिले त्यसलाई विखण्डन गर्न खोजिएको उहाँले गुनासो गर्नुभयो ।

कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले अहिले मुलुकमा लोकतन्त्र नै नभएको दाबी गर्नुभयो । लोकतन्त्र समाप्त पार्न प्रधानमन्त्री ओलीलाई विगतमा नेकपाका अन्य नेताले पनि साथ दिएको उहाँले आरोप लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *