Main News

अनेरास्ववियद्वारा चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा

हिमालय टिभी
२०७७ फागुन ७ गते १७:४३
अनेरास्ववियद्वारा चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा

७ फागुन २०७७ काठमाडौं । संसद विघटन, महँगी र अनियमितताविरुद्ध आन्दोलनरत अनेरास्ववियूले चौथो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

नेकपाको प्रचण्ड–नेपाल निकट रञ्जित तामाङ नेतृत्वको अनेरास्विवयुले प्रतिगमनलाई जुत्ता हान्ने र शंख जुलुससहित बालुवाटार घेराउ गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

हिजो मात्र पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध देशभरका कलेज र आयल निगम कार्यालय अगाडि प्रदर्शन गरेको अनेरास्ववियूले आज भने विश्वविद्यालय अनुदान आयोग कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाएको छ ।

विश्वविद्यालय व्यवस्थापन, अनुदान तथा छात्रवृत्तिमा भएको अपारदर्शीता र अनियमितताविरुद्ध ज्ञापनपत्र बुझाइएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

फागुन ८ गते १ बजे अनेरास्ववियूका पूर्वअध्यक्ष डाचाराज वाग्लेको स्मृतिमा रत्नराज्य क्याम्पस अगाडि श्रद्धाञ्जली सभा गर्ने र फागुन १० गते दिउँसो २ बजे प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम राखिएको छ ।

फागुन ११ गते ११ बजे त्रिभुवन विश्वविद्यालय घेराउ गर्ने, १३ गते सभामुख अग्नि सापकोटालाई अवरुद्ध संसद संचालन गर्न ध्यानाकर्षण गराउने र १४ गते प्रतिगमनविरुद्ध मार्चपास गर्ने कार्यक्रम अनेरास्ववियूले सार्वजनिक गरेको छ ।

फागुन १६ गते प्रतिगमन, महँगी र भ्रष्टाचारविरुद्ध सिंहदरबार अघि थाल ठटाएर विरोध प्रदर्शन तथा सोही दिन उपत्यका बाहिर प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने पनि कार्यक्रम तय गरिएको छ ।

फागुन १८ गते १ बजे प्रतिगमनविरुद्ध शंख जुलुससहित बालुवाटार घेराउ गर्ने अनेरास्ववियुको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *