राजनीति

सरकार फासीवादी शासन सञ्चालनको दिशामा अघि बढेको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ७ गते १७:१८
सरकार फासीवादी शासन सञ्चालनको दिशामा अघि बढेको आरोप (भिडियो रिपोर्टसहित)

७ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओली नेतृत्वको अहिलेको सरकार फासीवादी शासन सञ्चालनको दिशामा अघि बढेको आरोप लगाउनुभएको छ ।

प्रचण्ड–नेपाल समूहको केन्द्रीय समितिको बैठकपछि पार्टी कार्यालय पेसिसडाँडामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले ओली सरकारले गैरकानूनीले ढंगले बल मिच्चाइपूर्ण काम गरिरहेको बताउनुभयो ।

उहाँले यो बल मिच्चाईँ केही दिनका लागि मात्र भएको भन्दै प्रधानमन्त्री ओलीलाई छिट्टै तह लगाउने चेतावनी दिनुभयो ।

यस्तै प्रवत्ता श्रेष्ठले निर्वाचन आयोगले पार्टीको वैधानिकता दिन ढिलाइ गरेकोप्रति समेत असन्तुष्टि व्यक्त गर्नु भयो । तर संवैधानिक निकाय भएकाले यसले ढिलै भए पनि उचित नै निर्णय गर्ने नेकपाको विश्वास रहेको बताउनु भयो ।

नेकपाको प्रचण्ड–नेपाल समूहको आज बसेको केन्द्रीय समितिको बैठकले ओली सरकारविरुद्धको चौथो चरणको आन्दोलन सफल पार्न सिंगो पार्टी परिचालन गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्