राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राजेश झा प्रदेश २ को प्रदेश प्रमुख नियुक्त
७ फागुन २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परियारलाई पदमुक्त गरेर प्रदेश २ को प्रमुखमा रौतहटका राजेश झालाई नियुक्त गर्नुभएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १ सय ६५ अनुसार परियार पदमुक्त गरेको र धारा १ सय ६३ को उपधारा दुई अनुसार झालाई प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै झालाई पद तथा गोपनियताको सपथ ग्रहण गगराउनु भएको छ । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो ।
तर उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने समारोहमा सहभागी हुनु भएन । यसअघि संवैधानिक आयोगका पदाधिकारीहरूको सपथ ग्रहण समारोहमा पनि उपराष्ट्रपति र सभामुख अनुपस्थित हुनुहुन्थ्यो ।
प्रदेश २ को प्रमुख नियुक्त भएका राजेश झा राजेश अहिराजका नामले चिनिनुहुन्छ । २०३६ साल जेठमा रौतहटको संग्रामपुरमा जन्मिएका झा मधेश मामिलाका जानकार मानिनहुन्छ ।
त्रिभुवन विश्वविद्यालयवाट ‘मधेश आन्दोलन र मधेशवादको विकासक्रम’ विषयमा विद्यावारिधी गरेका उहाँ पत्रकारितामा पनि संलग्न हुनुहुन्छ ।
नेकपाको ओली समूह निकट रहेका झाले मधेश केन्द्रित दल र नेकपाको प्रचण्डनेपाल समूहको आलोचना गर्दै आउनु भएको छ ।
प्रतिक्रिया