Main News

नागरिक आन्दोलनमा उत्रिएका महिलामाथि बलात्कार र हत्याको धम्की

हिमालय टिभी
२०७७ फागुन ७ गते १३:४७
नागरिक आन्दोलनमा उत्रिएका महिलामाथि बलात्कार र हत्याको धम्की

७ फागुन २०७७ काठमाडौं । प्रतिगमन तथा बलात्कारविरुद्धको मार्चमा सहभागी महिला अभियन्तालाई बलात्कार गर्ने तथा मार्ने धम्की आएको भन्दै बृहत् नागरिक आन्दोलनले भर्त्सना गरेको छ।

बृहत् नागरिक आन्दोलनले विज्ञप्ति निकालेर गत माघ ३० गते काठमाडौंमा आयोजित आन्दोलनका अभियन्ताहरू सपना सञ्जिवनी, मोहना अन्सारी, पल्लवी पायल, रिता साह, हिमा विष्ट र अन्शु खनाललाई लक्षित गरी फेसबुक र ट्विटरजस्ता विद्युतीय सञ्जालमा ज्यान मार्ने र बलात्कार गर्नेजस्ता निकृष्ट धम्की दिइएको उल्लेख गरिएको छ ।

यसरी धाकधम्की दिने, ट्रोलिङ गर्ने र साइबर दुर्व्यवहार गर्ने काममा संलग्न व्यक्ति र समूहका आपराधिक नियतविरुद्ध सिँगो नागरिक आन्दोलन निर्भयसाथ डट्ने नागरिक आन्दोलनको प्रतिबद्धता छ।

यस्ता अपराधमा संलग्नबारे गम्भीरपूर्वक छानबिन गर्न र दोषीलाई तत्काल कारबाही गर्न पनि बृहत् नागरिक आन्दोलनले माग गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *