Main News

संसद विघटनको विरोधमा बृहत नागरिक आन्दोलनले टुँडिखेलमा मार्च गर्दै

हिमालय टिभी
२०७७ फागुन ७ गते १२:५१
संसद विघटनको विरोधमा बृहत नागरिक आन्दोलनले टुँडिखेलमा मार्च गर्दै

७ फागुन २०७७ काठमाडौं । बृहत् नागरिक आन्दोलनले आज टुँडिखेल मार्च गर्दैछ । दिउँसो २ बजे रत्नपार्कमा भेला भएर सहिद गेट हुँदै टुँडिखेल प्रवेश गर्ने बृहत नागरिक आन्दोलनले जानकारी दिएको छ ।

नागरिक आन्दोलनले मार्चमा सहभागी हुन आम नागरिकलाई आह्वान समेत गरेको छ ।

आजै नागरिक घोषणासभाबाट विभिन्न विषय समेटिएको घोषणापत्र पनि जारी गर्ने कार्यक्रम छ। नागरिक अभियान्ता युग पाठकका अनुसार राज्य संयन्त्रहरू कसरी जनपक्षीय हुन सकेनन्, दलहरू जनताका आवश्यकता पूरा गर्ने साधन किन हुन सकेनन् भन्नेजस्ता विषय उल्लेख गरिएको संश्लेषण सहितको घोषणापत्र जारी गर्न लागिएको हो।

दिउँसो ३ बजे उक्त घोषणा पत्र पढेर सुनाउने कार्यक्रम छ। लेखक खगेन्द्र संग्रौला, नारायण वाग्ले, सम्पदा संरक्षणकर्मी आलोकसिद्धि तुलाधर, नेपालमान डंगोल, चेपाङ संघका जितेन्द्र चेपाङ, रिता शाहलगायतले नागरिक सभामा सम्बोधन गर्ने कार्यक्रम छ।

माघ २० गते शोभा भगवतीमा भएको प्रतिगमनविरुद्धको नाटक प्रदर्शनीमा अभियन्ता नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलन शुरु हुने उद्घोष गर्नु भएको थियो ।

वाग्लेले टुँडिखेल आम नागरिकको साझा थलो भएकाले त्यसमा कसैको स्वामित्व नलाग्ने बताउनु भएको छ । उक्त घोषणापछि नागरिक समाजले आफ्नो आन्दोलनको लक्ष्य टुँडिखेल मार्चलाई बनाएको हो ।

हिजो प्रचण्ड–नेपाल समूहले मानव साङ्लोले टुँडिखेल घेराउ गरेकाले नागरिक समाजले भने मार्च मात्र गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *