Main News

नेकपा प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग जाँदै

हिमालय टिभी
२०७७ फागुन ७ गते ८:११
नेकपा प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग जाँदै

७ फागुन २०७७ काठमाडौं । आधिकारिकता विवादलाई थाती राखेकोमा असन्तुष्ट नेकपाको प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग जाने भएको छ ।

आयोगले समय दिए प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर आज निर्वाचन आयोग जाने तयारीमा छ । प्रधानमन्त्री केपी ओलीले पुस ५ मा संसद् विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजन भएको थियो ।

तर, दुई महिना बित्दा पनि कानूनी लडाइँ निर्वाचन आयोगले टुंग्याएको छैन । त्यसका लागि पार्टीका सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित दिउँसो १२ बजे पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित भएर १ बजे निर्वाचन आयोग जाने योजना छ । प्रचण्ड–नेपाल समूहले आयोग सरकारको दबाबमा परेर निर्णय लिन हिच्किचाएको बताएको छ ।

यसअघि माघ २० मा दुई सय ८७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टी आधिकारिकताको दाबी गर्दै बुझाएको निवेदनमा निर्वाचन आयोगले कुनै प्रक्रिया अघि नबढाएको भन्दै प्रचण्ड–नेपाल समूह आयोग जान थालेको हो ।

आवश्यक सबै कागजात बुझाइसक्दा पनि कुनै सुनुवाइ नगरी अर्को पक्षले दिएको निर्देशन खुरुखुरु पालना गर्नुले आयोगको निष्पक्षतामाथि समेत आशंका बढेको प्रचण्ड नेपाल समूहको भनाइ छ ।

निर्वाचन नै हुने भए पनि टुंग्याउनुपर्ने दलसम्बन्धी विवादलाई निरुपण नगरी अगाडि बढ्दा आयोगलाई नै समस्या हुने विषयलाई नजरअन्दाज गरिएको त्यससमूहले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *