राजनीति

चुनाव कि संसद पु्नःस्थापना भन्ने विषयमा कांग्रेसमा यस्तो अन्योल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ७ गते ७:०९
चुनाव कि संसद पु्नःस्थापना भन्ने विषयमा कांग्रेसमा यस्तो अन्योल (भिडियो रिपोर्टसहित)

७ फागुन २०७७ पोखरा । नेपाली कांग्रेसका दुईजना शीर्षस्थ नेताले आन्दोलनबारे एउटै मञ्चबाट पनि फरक(फरक धारणा राखेका छन । चुनाव कि संसद पुनर्स्थापना भन्नेमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आरोप प्रत्यारोप समेत भएको छ ।

पोखरामा नेपाल राष्ट्रिय मगर संघको भेलामा सभापति शेरबहादुर देउवाले चुनावलाई जोड दिनुभयो भने वरिष्ठ नेता रामचन्द्र पौडेल संसद पुर्स्थापनाको पक्षमा देखिनुभयो । सभापति देउवाले अदालतको निर्णय मान्नुको विकल्प नभएको दोहोर्यारउनु भयो ।

देउवाले जुलुसको आधारमा फैसला गर्ने भए अदालत किन चाइयो भन्ने प्रश्न पनि गर्नुभयो । उहाँले अहिले आफ्नो दलसँग पैसा नभएकाले आन्दोलन गर्न नसक्ने तर्क पनि गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने संविधान र लोकतन्त्र बचाउन लाग्नु पर्ने बेलामा चुनावको रटान लगाउन नहुने भन्दै सभापति देउवालाई जवाफ दिनुभयो । नेता पौडेलले सबै कुरा अदालत भनेर पन्छाएर हिड्ने हो भने पार्टी र नेताको के काम भनेर प्रश्न गर्नुभयो ।

लोकतन्त्रको रक्षाका लागि जनताहरुले गाउँ गाउँमा विरोध गरिरहँदा पार्टीका नेताले कन्फ्युजनमा पारेर हिड्न नहुने नेता पौडेलको भनाइ थियो ।

कार्यक्रममा सभापति देउवाले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुवीकरणमा लगेको भने स्वीकार गर्नुभयो ।

संसद विघटनपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताले फरक फरक धारणा राखिरहेका छन् । विशेष गरी सभापति देउवाले चुनावलाई जोड दिइरहनु भएको छ । तर पौडेल लगायतका धेरै नेता भने संसद पुनर्स्थापनाका लागि आन्दोलन गर्नुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्