Main News

संसद विघटन असंवैधानिक भएको अधिकांश एमिकस क्युरीको राय

हिमालय टिभी
२०७७ फागुन ६ गते २१:०२
संसद विघटन असंवैधानिक भएको अधिकांश एमिकस क्युरीको राय

६ फागुन २०७७ काठमाडौं । एमिकस क्यूरीका अधिकांश सदस्यले संसद विघटनलाई असंवैधानिक भनेका छन । पाँच मध्ये चार जनाले धारणा राख्दा तीन जनाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भनेका हुन ।

आज आफ्नो राय दिँदै एमीकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताउनुभयो ।

लिखित संविधानमा सरकारको सीमित अधिकार हुने बताउँदै शाक्यले प्रधानमन्त्रीलाई संसद् विघटन गर्न कुन विशेष, अन्तरनिहीत र अवशिष्ट अधिकार नरहेको राय पनि दिनुभयो ।

शाक्यले संसदबाट अर्को प्रधानमन्त्री चयन हुने बाटो छेकेर संसद विघटन गर्न नपाइने बताउनुभयो । शाक्यले पार्टीभित्रको विवादलाई देखाएर संसद विघटन गर्न नपाईने बताउनुभयो । पार्टीभित्रको विवाद समाधान पार्टीको विधान र नियमअनुसार गर्नुपर्ने शाक्यको तर्क थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद देखाएर प्रतिनिधिसभा विघटन गरेको भनेर दिएको लिखित जवाफ उल्लेख गर्दै उहाँले त्यस्तो गर्न संविधानले नदिने बताउनुभयो । त्यसरी जानु संसदीय मान्यता नभएको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले संसदीय दलको नेतामा निर्वाचित भएर देखाउ र छोड्छु नभए मलाई दुःख नदेऊ भन्नुपर्नेमा प्रतिनिधिसभा विघटन गरेको शाक्यको तर्क छ । तर प्रधानमन्त्रीले पार्टीभित्रको विवादलाई लिएर विघटन गरेको भनेर लेखेकाले बदनियत नरहेको शाक्यको भनाइ छ ।

अहिलेसम्म बोल्ने विजयकान्त मैनाली मात्रै संसद विघटनलाई संवैधानिक भन्नुभएको छ । ब्रदीबहादुर कार्की र सतीशकृष्ण खरेलले संसद विघटनलाई असंवैधानि भन्नुभएको छ । अब गीता पाठकले राय दिन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *