Main News

इन्धनको मूल्यवृद्धिको विरोधमा विद्यार्थीको आन्दोलन (भिडियोे रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ६ गते २०:५९
इन्धनको मूल्यवृद्धिको विरोधमा विद्यार्थीको आन्दोलन (भिडियोे रिपोर्टसहित)

६ फागुन २०७७ काठमाडौं । सरकारले एक सातामा दुई पटकसम्म पेट्रोलियम पदार्थको भाउ बढाएपछि विद्यार्थी बिरोधमा उत्रिएका छन ।

नेकपाको प्रचण्ड(नेपाल समूहका विद्यार्थीले देशभरका क्यापसहरुमा बिरोध प्रर्दशन गरे । यस्तै उनीहरुले मुल्यबृद्धि तत्काल फिर्ता लिन माग गर्दै आयल निगममा ज्ञापन पत्र बुझाउँदै धर्ना पनि दिएका छन । मुल्यबृद्धि फिर्ता नगरे कडा आन्दोलन गर्ने विद्यार्थीको चेतावनी छ ।

इन्डियन आयल कर्पोरेशनले अंग्रेजी महिनाको १ र १५ तारिखका दिन नयाँ मुल्य सूचि दिने भएकाले त्यसकै आधारमा नेपाल आयल निगमले २ र १६ तारिखका दिन नयाँ मुल्य सूचि निकाल्नु पर्छ ।

तर स्वचालित मुल्य प्रणाली लागू भए पछि पनि निगमले भाउ बढ्दा तत्काल बढाउने तर घट्दा त्यस अनुरुप नघटाउने गर्दै आएको छ । माघ २८ गते भाउ बढाएको निगमले त्यसको छ दिनमै दोश्रो पटक भाउ बढाएको छ । जुन निगमले नै लागु गरेको स्वचालित मूल्य प्रणाली विपरित छ । एक हप्ता भित्रमै दुई पटक पेट्रोलको भाउ बढेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।

संसद विघटन विरुद्ध सडक तताउँदै आएका विद्यार्थीले आन्दोलनका लागि अर्को मुद्दा पाएका छन् ।

पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको विरोधमा उनीहरुले देशभरका क्याम्पस अगाडी प्रदर्शन गरे । यस्तै आयल निगममा पुगेर धर्ना दिए र ज्ञापन पत्र पनि बुझाए ।

जनताले अहिले राहत र सहुलियत खोजेको तर सरकारले मुल्य बृद्धि गरेर मँयहगीको मारमा पारेको विद्यार्थीको गुनासो छ । उनीहरुले मूल्यवृद्धि फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

आयल निगमले भने घाटा बढेका कारण भाउ बढाउन बाध्य भएको दाबी गरिरहेको छ । तर विद्यार्थी यसलाई मान्न तयार छैनन् । जनतालाई महँगोमा पेट्रोल बेचेर कर्मचारीलाई करोडौँ रुपैयाँ बोनस बाँड्ने निगमले जथाभावी भाउ बढाउने गरेको विद्यार्थीको आरोप छ ।

कुनै बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि सरकार नै ढाल्ने गरेर विद्यार्थीले आन्दोलन चर्काउने गरेका थिए । स्वचालित मुल्य प्रणाली लागू भएयता यस्तो आन्दोलन भएको थिएन । तर अहिले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई नै लिएर विद्यार्थी सडकमा निस्किएका छन् ।

सरकारले एक लिटर पेट्रोलमा ५४ रुपैयाँ ९७ पैसा, डिजेलमा ३७ रुपैयाँ ६५ पैसा र मट्टितेलमा १९ रुपैयाँ ९७ पैसा कर उठाउँदै आएको छ । आम उपभोक्ताले दैनिक उपभोग गर्ने ग्यासमा समेत २ सय ३१ रुपैयाँ कर लिने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *