६ फागुन २०७७ काठमाडौं । नेपालमा कोभिडविरुद्धको आपतकालीन खोप प्रयोगका लागि चाइनिज सिनोफार्म कम्पनीको ‘भेरो सेल’ खोपले अनुमति पाएको छ।
चाइनिज सिनोफार्म कम्पनीको भेरो सेल खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको औषधि व्यवस्था विभागले जानकारी दिएको हो ।
यो खोप बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन हुने गरेको छ ।
नेपालमा यसअघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानका रुपमा उपलव्ध गराइसकेको छ ।
भारतमा निर्मित उक्त खोप सिरम इन्स्टिच्युटबाट उत्पादन भएको हो । कोभिसिल्ड नामको सो खोप अहिले नेपालमा लगाउने अभियान जारी छ ।