Main News

संसद विघटनविरुद्धको आन्दोलनमा उपराष्ट्रपतिको समर्थन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ५ गते १९:२७
संसद विघटनविरुद्धको आन्दोलनमा उपराष्ट्रपतिको समर्थन (भिडियो रिपोर्टसहित)

५ फागुन २०७७ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संसद विघटनको विरोध गर्दै पूनस्थापनाका पक्षमा भैरहेको आन्दोलनको समर्थन गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघको २६ औ महाधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले संसद विघटन भएपछि जनतामा निराशा र आक्रोश बढेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ लगायतका संस्थाले संसद विघटनको विरोध गरेकोमा उपराष्ट्रपति पुनले समर्थन गर्नुभयो । उपराष्ट्रपतिले संविधानको पालना नगरेको भन्दै घुमाउरो ढंगले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउनुभयो ।

उपराष्ट्रपति पुनले धेरै जसो राजनीतिक दल संसद विघटनको विरुद्धमा रहेको पनि बताउनुभयो ।

उपराष्ट्रपति पुन संसद विघटनको विरुद्धमा हुनुहुन्छ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन ‘प्रेस स्वतन्त्रताको आधार स् सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने नारासहित राष्ट्रिय सभागृहमा भइरहेको छ ।

बन्दसत्रमा महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गर्ने प्रतिवेदन पारित गरेर आजै महाधिवेशन सकिने महासंघले जनाएको छ । विधानमा भएको व्यवस्था अनुसार महाधिवेशन सकिएको एक महिनाभित्र महासंघको नयाँ कार्यसमितिका लागि चुनाव हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *