Main News
बिरामी परीक्षण र परामर्शबापत चिकित्सकले लिने शुल्क बढ्यो
२०७७ फागुन ५ गते १७:३१

५ फागुन २०७७ काठमाडौं । बिरामीको स्वास्थ्य परीक्षण र परामर्शबापत चिकित्सकले लिने शुल्क बढेको छ ।
नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अपिन)को बैठकले नयाँ परामर्श शुल्क आजदेखि लागू गर्ने निर्णय गरेको छ ।
चिकित्सकको अनुभव र योग्यताका आधारमा ३ सय ७० देखि ८ सय २५ रुपैयाँसम्म परामर्श शुल्क निर्धारण गरिएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले गरेको सिफारिसको आधारमा चिकित्सकको परामर्श शुल्क निर्धारण गरेर लागू गरेको संघ र अपिनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
अपिन र चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माघ ४ गते भएको सहमतिका आधारमा शुल्क बढाएको स्पष्ट पारेका छन्।
प्रतिक्रिया