Main News

सामाजिक सञ्जाल नियमन गर्नैपर्ने अवस्था आएको मन्त्री गुरुङको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ५ गते १७:१९
सामाजिक सञ्जाल नियमन गर्नैपर्ने अवस्था आएको मन्त्री गुरुङको दाबी (भिडियो रिपोर्टसहित)

५ फागुन २०७७ काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विकृति र अराजकता मच्चाउने काम भैरहेकाले सामाजिक सञ्जाल नियमन गर्नैपर्ने अवस्था आएको दावी गर्नुभएको छ ।

सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भनेर सर्वत्र आलोचना भैरहेका बेला मन्त्री गुरुङले सामाजिक सञ्जालको नियमनमा जोड दिनुभएको हो ।

नेपाल पत्रकार महासंघको २६ औ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले विश्वव्यापी रुपमै सामाजिक सञ्जाल नियमनको बहस शुरु भएको र नेपालमा पनि गर्नुपर्ने बताउनुभयो ।

तर सामाजिक सञ्जाल नियमन गर्ने विषय अहिले आफूले व्यक्तिगत रुपमा मात्रै राखेको र प्रधानमन्त्रीलाई जानकारी नभएको बताउनुभयो । सरोकारवाला छलफल गर्ने प्रयास स्वरुप आफूले अघि सारेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *