Main News

टेलिकमले शुरु गर्‍यो एटनी च्याटबोट सेवा, यस्ता छन् सुविधा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ५ गते १५:२०
टेलिकमले शुरु गर्‍यो एटनी च्याटबोट सेवा, यस्ता छन् सुविधा (भिडियो रिपोर्टसहित)

५ फागुन २०७७ काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाको जानकारी दिन एनटी च्याटबोट सेवा शुरु गरेको छ ।

टेलिकमका सह–प्रवक्ता एवं उप–प्रवन्धक रञ्जित लोहियाले टेलिकमका विभिन्न सेवा तथा सेवा प्रयोगको तरिकाबारे कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी ‘एनटी च्याटबोट’ सेवा शुरु गरिएको बताउनुभयो ।

कम्पनीको वेबसाइट खोल्नासाथ एनटी च्याटबोटको सानो स्क्रिन देखा पर्ने र त्यहीँबाटै च्याट गरी आफूलाई चाहिएको जानकारी लिन र गुनासो राख्न सकिने छ ।

च्याटबोटमा कम्पनीका सेवाको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली वा अंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिनेछ ।

फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिको बारेमा च्याट गरेर सजिलै जानकारी प्राप्त गर्न सकिन्छ ।

एनटी च्याटबोटको माध्यमबाट विभिन्न सेवाका बारेमा फिडब्याक दिन र गुनासो गर्नसमेत सकिने व्यवस्था गरिएको छ ।

गुनासोको सम्बोधन च्याटबोटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभागका पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गर्ने व्यवस्थासमेत गरेको नेपाल टेलिकमले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *