Main News
पत्रकार महासंघको २६औं साधारणसभा काठमाडौंमा शुरु
२०७७ फागुन ५ गते १४:२३
५ फागुन २०७७ काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औं साधारण सभा काठमाडौंमा शुरु भएको छ ।
‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको साधारण सभा शुरु भएको हो ।
काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले महाधिवेशनको उद्घाटन गर्नुभयो । खुलासत्र सकिएलगत्तै आजै राष्ट्रिय सभागृहमै बन्दसत्र शुरु हुनेछ ।
बन्दसत्रमा महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गर्ने प्रतिवेदन पारित गरेर आजै साधारण सभा सक्ने तयारी रहेको सचिव उदय जीएमले जानकारी दिनुभयो ।
विधानमा भएको व्यवस्था अनुसार महाधिवेशनको उदघाटन समारोह सकिएको एक महिनाभित्र महासंघको नयाँ कार्यसमितिका लागि चुनाव हुनेछ ।
प्रतिक्रिया