Main News

कोरोनाविरुद्धको खोप लगाउन उत्साह नदेखिएपछि… (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ४ गते २०:५८
कोरोनाविरुद्धको खोप लगाउन उत्साह नदेखिएपछि… (भिडियो रिपोर्टसहित)

४ फागुन २०७७ काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप लगाउन उत्साह नदेखिएपछि विज्ञले आस्वस्त पार्ने प्रयास गरिरहेका छन् । खोपबाट डराउनु नपर्ने भन्दै विज्ञले विना शंकोच लगाउन सबैलाई आग्रह गरेका छन् ।

सरकारले माघ १४ गतेदेखि शुरु गरेको खोप अभियानमा उत्साहजनक सहभागिता देखिएको छैन । पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी लगायत कोरोनाविरुद्ध अग्रपंक्तिमा काम गर्नेलाई खोप दिने भने पनि नाम लेखाएका धेरैले लगाएनन् ।

त्यसैले सरकारले अहिले दोस्रो प्राथमिकतामा परेकालाई खोप दिइरहेको छ । अभियानमा सोंचे, जस्तो सहभागिता नभएपछि सरकारले बिना शंका खोप लगाउन सबैलाई आग्रह गरिरहेको छ ।

भारत सरकारले अनुदान स्वरुप दिएको १० लाख डोज खोप अहिले प्रयोग भैरहेको छ । सरकारले ५५ वर्ष भन्दा माथिका व्यक्तिलाई दिने गरी २० लाख डोज खोप ल्याउने तयारी गरिरहेको छ । सबै नागरिकलाई लगाउने लक्ष्यका साथ खोप ल्याउने तयारी गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेल बताउनुहुन्छ ।

सरकारले ७२ प्रतिशत नागरिकलाई पुग्ने गरी विभिन्न चरणमा खोप लगाउने, तयारी गरिरहेको जनाएको छ । तर नागरिकमा खोपप्रतिको विश्वास अझै बढ्न सकेको छैन । तर विज्ञ भने खोप लगाउँदा मृत्युदर घट्ने र कोरोना संक्रमण भइहाले पनि गम्भिर बिरामी नपर्ने भन्दै यसलाई जोड दिइरहेका छन् । कोरोनाको खोपले अन्य कुनै पनि नकारात्मक असर नगर्ने भन्दै उनीहरुले नागरिकलाई विस्वस्त बनाउने प्रयास पनि गरिरहेका छन् ।

कोरोनाविरुद्ध नेपालमा प्रयोग भैरहेको कोभिशिल्ड प्रभावकारी देखिएको छ । विश्व स्वास्थ्य संगठनले पनि यसलाई आपतकालिन प्रयोगको अनुमति दिइसकेको छ । चिकित्सकका अनुसार खोप लगाएपछि टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिनु सामान्य हो । त्यस्ता लक्षण खोपले राम्रोसँग काम गरेको संकेत पनि भएको विज्ञको मत छ । त्यसैले प्राथमिकतामा परेका नागरिकले ढुक्क भएर खोप लगाउनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *