Main News

विनयजंग बस्नेत पक्राउ, अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाहीको तयारी

हिमालय टिभी
२०७७ फागुन ४ गते १९:१२
विनयजंग बस्नेत पक्राउ, अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाहीको तयारी

४ फागुन २०७७ काठमाडौं । बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई अभद्र व्यवहार गरेको अभियोगमा उनकै पूर्व सहकर्मी विनयजंग बस्नेत पक्राउ परेका छन् ।

सपनाले आफूविरुद्ध अभद्र व्यवहार गरिएको भन्दै उजुरी दिएकी थिइन् । त्यसकै आधारमा प्रहरीले बस्नेतलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

सपनाले बस्नेतसँग सहकार्य गर्दै आर्यघाटमा बेवारिसे शव जलाउँदै आएकी थिइन् । बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए ।

सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *