संसद विघटन मुद्दामा संविधानमा के लेखेको छ, त्यति मात्र हेर्न सुझाव
४ फागुन २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा राय दिन गठित एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले फैसला गर्दा संविधानमा के लेखेको छ, त्यतिमात्र हेर्न राय दिनुभएको छ ।
संवैधानिक इजलासमा आजदेखि शुरु एमिकस क्युरीको राय लिने क्रममा वरिष्ठ अधिवक्ता कार्कीले जसले संविधान बनाए, उनीहरु संविधान दुर्घटनामा पर्यो भनेर सडक आन्दोलनमा रहेकोतर्फ न्यायालयको ध्यानाकर्षण गर्नुभयो ।
संविधानमा एउटा लेखेर अर्को गर्न नपाइने उहाँले बताउनुभयो । अदालतले विधायिकी मनशाय हेनुपर्नेमा जोड दिनुभएको छ ।
घुमाउरो भाषामा उहाँले संसद विघटनलाई असंवैधानिक भन्नुभएको छ । संस्था रहे व्यक्तिका कमजोरी सच्याउन सकिने उहाँले बताउनुभयो । हटाउन चाहनेले अविश्वास प्रस्ताव ल्याउने र बस्न चाहनेले विश्वासको मत लिने हो संस्था अन्त्य गर्ने होइन भन्ने उहाँको तर्क छ ।
संविधानबारे राष्ट्रपति र सरकारको बुझाइ एक किसिमको र अरुको बुझाइ अर्कै रहेको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया