Main News

भागरथी भट्ट बलात्कार र हत्याको छानबिन प्रभावकारी अनुसन्धान गर्न माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ४ गते १४:३२
भागरथी भट्ट बलात्कार र हत्याको छानबिन प्रभावकारी अनुसन्धान गर्न माग (भिडियो रिपोर्टसहित)

४ फागुन २०७७ काठमाडौं । महिला कानून व्यवसायीले भागरथी भट्ट बलात्कार र हत्याको प्रभावकारी अनुसन्धान गर्न सरकारलाई दबाब दिएका छन् ।

गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै नेपाल बार एशोसिएसन महिला समितिका पदाधिकारीले प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाहीको माग गरेका छन् ।

नेपाल बार एशोसिएशनका उपाध्यक्ष एवं नेपाल बार एशोसिएसन महिला समितिका अध्यक्ष अधिवक्ता रक्षा बस्यालले भागरथीसहित देशभर भएका बलात्कारका घटनाको सुक्ष्म अध्ययन गर्न माग गरिएको जानकारी दिनुभयो ।

भेटमा गृहमन्त्री थापाले भागरथी घटनाको अनुसन्धान अपराधीको नजिक पुगेको र छिट्टै पक्राउ पर्ने बताउनुभएको छ ।

महिला कानून व्यवसायीले निर्मला पन्तको घटनामा जस्तो कमजोर अनुसन्धान नगर्न समेत गृहमन्त्री थापासमक्ष माग गरेका छन् ।

बालबालिका तथा महिलामाथि भैरहेका श्रृंखलावद्ध बलात्कारका घटना, हत्या र बलात्कारीलाई कानूनी कारबाही भित्र ल्यउनुको सट्टा बलात्कारी र हत्यारा पत्ता लगाउनै नसक्नुले राज्यसंयन्त्र नागरिकको जीवन रक्षाको दायित्वप्रति लापर्बाह भएको पुष्टि भएको समेत उनीहरुले बताएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *