Main News

१२२ जना कोरोना संक्रमित थपिए, थप एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ फागुन ३ गते १६:५१
१२२ जना कोरोना संक्रमित थपिए, थप एक जनाको मृत्यु

३ फागुन २०७७ काठमाडौं । नेपालमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७२८४० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५८१ रहेको छ ।

कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०५५ पुगेको छ ।

नेपालमा थप १४४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६९२०४ पुगेको छ ।

हाल १५८१ जना आइसोलेसनमा छन् भने ७९ जना क्वारन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो विवरणअनुसार देशभर ५९ जना संक्रमितको आइसियुमा र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *