Main News

संसद विघटन गरेर ओलीले राजनीतिक अपराध गरे, दण्डित गर्नुपर्छः नेता आचार्य

हिमालय टिभी
२०७७ फागुन ३ गते १६:३१
संसद विघटन गरेर ओलीले राजनीतिक अपराध गरे, दण्डित गर्नुपर्छः नेता आचार्य

३ फागुन २०७७ विराटनगर । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर राजनीतिक अपराध गरेको बताउनु भएको छ ।

नेपाली कांग्रेस विराटनगरमा गरेको विरोधसभामा बोल्दै नेता आचार्यले ओलीले अलोकतान्त्रिक कदम चालेकाले उनलाई दपण्डत गर्नुपर्ने बताउनुभयो ।

नेता आर्चायले नेपाली जनताले कम्युनिस्टलाई पाँच बर्ष सरकार संचालन गर्ने अभिमत दिए पनि ओलीले जनमतको अपमान गरेको बताउनुभयो । उहाँले ओलीको अलोकतान्त्रिक कदमलाई अदालतले सच्याउनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीले सरकारी स्रोत र साधनको चरम दुरुपयोग गरेर जुलुस निकाल्ने अवैध काम गरेको दाबीसमेत गर्नुभयो ।

नेता आचार्यले ओलीको कदमविरुद्ध कांग्रेस आन्दोलनभन्दा पनि संवाद र आन्दोलसँगसँगै लाने पक्षमा रहेको बताउनुभयो ।

उहाँले संसद विघटनको मुद्दामा कांग्रेस अन्य पार्टीसँगको सहकार्यमा भन्दा पनि एक्लै आन्दोलनमा जाने प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *