कोरोनाविरुद्धको खोपको दोस्रो डोज ८ देखि १२ हप्तामा लगाइने
३ फागुन २०७७ काठमाडौं । कोरोना विरुद्धको पहिलो खोप लगाएको आठ देखि १२ हप्ताभित्र दोस्रो खोप लगाइने भएको छ ।
खोप विज्ञ सल्लाहकार समितिले पहिलो खोप लगाएको आठदेखि १२ हप्ताभित्र बुस्टर डोजका लागि दोस्रो खोप लगाउने निर्णय गरेको हो ।
यसअघिको ४ हप्ताभित्र लगाउने निर्णयमा पुनर्विचार गर्दै समितिले यस्तो निर्णय गरेको समितिका संयोजक डाक्टर श्यामराज उप्रेतीले जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले फेब्रुअरी १० मा दोस्रो खोप जति अन्तरमा लगायो, त्यति धेरै प्रभावकारी हुने बताएसँगै पछिल्लो निर्णय आएको हो ।
समितिको निर्णय स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्नुपर्नेछ । हालसालै ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनले पनि अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड खोपको दोस्रो मात्रा, ६ हप्ताभन्दा कम अन्तरमा लगाउँदा ५४ दशमलव ९ प्रतिशत मात्र प्रभावकारी हुने बताएको थियो ।
प्रतिक्रिया