Main News

सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजेको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ३ गते १३:१७
सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजेको आरोप (भिडियो रिपोर्टसहित)

३ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सन्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजिएको भन्दै विरोध गरेको छ ।

व्यापक विरोधका बावजुद सरकारले ‘सामाजिक सन्जाल व्यवस्थापन निर्देशिका’का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयक ल्याउने तयारी गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आज जारी गरेको विज्ञप्तिमा कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु नपाइने उल्लेख छ ।

सामाजिक सन्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमति नहुने विज्ञप्तिमा उल्लेख छ । तर, कांग्रेसले विद्यमान कानूनभित्रै रहेको प्रावधान अन्तरगत रहेर काम गर्न सरकारलाई आग्रह गरेको छ ।

थप व्यवस्था आवश्यक भए पनि बृहत विमर्श बेगर संसद विघटन भएका बेला निर्देशिकामार्फत जारी गर्नतर्फ लाग्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको विज्ञप्तिमा उल्लेख छ ।

सरकारको पछिल्लो तयारी अधिनायकवाद तर्फको एक अर्को फड्कोको भएको भन्दै कांग्रेसले समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह समेत गरेको छ ।

कांग्रेसले विशेषगरी सामाजिक सन्जाल प्रयोगकर्ता युवा पुस्तालाई जागरुक हुन आह्वानसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *