Main News

प्रदेश १ को तेस्रो वार्षिकोत्सव नेकपा प्रचण्ड–नेपाल समूहद्वारा बहिस्कार

हिमालय टिभी
२०७७ फागुन ३ गते १२:५६
प्रदेश १ को तेस्रो वार्षिकोत्सव नेकपा प्रचण्ड–नेपाल समूहद्वारा बहिस्कार

३ माघ २०७७ विराटनगर । प्रदेश १ को तेस्रो वार्षिकोत्सव मूल समारोह सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूह र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अघोषित रुपमा बहिस्कार गरेको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तेस्रो वार्षिकोत्सव समारोह आयोजना गरिएको थियो । वार्षिकोत्सवमा नेकपा प्रचण्ड–नेपाल समूह सहभागी भएन ।

प्रचण्ड–नेपाल समूहका नेता इन्द्र आङ्बोले वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी नभएको बताउनुभयो । वार्षिकोत्सवमा नेपाली कांग्रेसले पनि सहभागिता जनाएको छैन ।

कांग्रेस प्रमुख सचेतक केदार कार्कीले पार्टीको कार्यक्रम भएकाले सहभागी हुन नसकिएको बताउनुभयो । मुख्यमन्त्रीले संसद् छल्दै हिँडेका कारण पार्टीकोतर्फबाट सहभागिता नभएको कार्कीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *