Main News
संसद विघटनको विरोधमा कांग्रेसले आज देशव्यापी प्रदर्शन र सभा गर्दै
२०७७ फागुन ३ गते ७:२७
३ फागुन २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभर प्रदर्शन र सभा गर्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा कांग्रेसले आज ७७ वटा जिल्लामै विरोध प्रदर्शन गर्न लागेको हो ।
यसका लागि जिल्लाहरूमा हुने प्रदर्शनका लागि केन्द्रबाटै प्रतिनिधिसमेत तोकिएको छ । सभापति शेरबहादुर देउवाले रुपन्देहीको बुटवलमा हुने कार्यक्रमलाई सम्बोधन गर्नु हुनेछ ।
त्यस्तै कांग्रेसले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरूद्ध जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ ।
कांग्रेसका शीर्ष नेताहरुले आम साधारणलाई पनि आजको विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।
प्रतिक्रिया