Main News

ओली सरकार गठनको तीन वर्ष, लोकतन्त्र खोज्दै नागरिक सडकमा

हिमालय टिभी
२०७७ फागुन ३ गते ७:२२
ओली सरकार गठनको तीन वर्ष, लोकतन्त्र खोज्दै नागरिक सडकमा

३ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा तत्कालिन वाम गठबन्धनको सरकार गठन भएको तीन वर्ष पूरा भएको छ ।

२०७४ फागुन ३ गते तत्कालिन नेकपा एमालेका संसदीय दलका नेता ओलीले अत्याधिक बहुमतसहितको प्रधानमन्त्रीका रुपमा मुलुकको बागडोर सम्हाल्नुभएको थियो ।

आज प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले तीन वर्षमा गरेका कामको उपलब्धि सार्वजनिक गर्दै हुनुहुन्छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री ओलीले उपलब्धि सार्वजनिक गर्न लाग्नुभएको हो ।

लामो समयदेखि बालुवाटारबाटै प्रधानमन्त्रीको कार्य सञ्चालन गर्दै आउनुभएका प्रधानमन्त्री ओली आज सम्बोधनका लागि सिंहदरबार जाने तय भएको हो ।

प्रधानमन्त्री ओलीले सरकार गठन भएयताका कामको विवरण सार्वजनिक गर्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

तत्कालिन वाम गठबन्धनले अत्याधिक बहुमत ल्याएसँगै ओली मुलुकको कार्यकारी पदमा आसिन हुनुहुन्छ । तर प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै विवाद बढेपछि हाल नेकपा विभाजनको अवस्थामा छ ।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेसँगै ओली नेतृत्वको नेकपा र प्रचण्ड(नेपाल नेतृत्वको नेकपाले समानान्तर गतिविधि गरिरहेको छ ।

प्रचण्ड(नेपाल समुह यतीबेला सडक संघर्षमा छ भने ओली समूह सरकारको कदमको बचाउमा सभा गर्दै आइरहेको छ । सरकारले बेशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेपनि निर्वाचन आयोगले नेकपाको विवाद टुंग्याउन नसक्दा संकट देखिएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ पनि जारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *